काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

Post Thumbnail

मंसिर २६, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, शुक्रबार नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने अहिलेसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस