धुनिवेशी धार्केमा बृहत् रक्तदान कार्यक्रम हुँदै

Post Thumbnail

मंसिर २६,नौबिसे । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ मा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ र धुनिबेशी उपशाखाको समन्वयमा कार्यक्रम हुन लागेको हो । कोरोना माहामारीको यो जटिल अबस्थामा रगतको अभाव नहोस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागीएको सभापति रामबाबु रेग्मीले जानकारी दिए ।

ररक्तदान नै जिवन दान हो, मन बचन र कर्मले सेवा गरौँ भन्ने हेतुले यो अभियान सञ्चालन गर्न लागीएको आयोजकले जनाएको छ । साथै रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ । रक्तदान कार्यक्रम यहि मंसिर २८ गते आईतबार बिहान ९ बजे हुनेछ । कार्यक्रम धार्केस्थित तरकारी बजारको प्राङ्गणमा हुनेछ । यहि अबसरमा रक्तदान सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि हुने जनाईएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस