विश्वभर कोरोना संक्रमित ७ करोड नाघ्यो, २ करोड २ लाख सक्रिय संक्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २७, काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघेको छ । अहिलेसम्म ७ करोड १३ लाखभन्दा धेरैमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये ४ करोड ९५ लाख निको भएका छन् भने १५ लाख ९९ हजारको मृत्यु भएको छ । अहिले विश्वभर २ करोड २ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ५ प्रतिशत अर्थात् १ लाख ६ हजारको अवस्था जटिल रहे पनि बाँकीको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा १ करोड ६२ लाखमा कोरोना पुष्टि हुँदा ९४ लाख निको भएका छन् । ३ लाख २ हजारको भने मृत्यु भएको छ । अमेरिकामा यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा २ लाख बढी नयाँ संक्रमित थपिँदा २५ सय भन्दा धेरैको मृत्यु भएको छ । यस्तै ९८ लाख २६ हजार संक्रमित रहेको भारतमा ९३ लाख २१ हजार निको भएका छन् । १ लाख ४२ हजारको भने मृत्यु भएको छ । यसैगरी ब्राजिलमा संक्रमितको संख्या ६८ लाख ३६ हजार नाघेको छ । त्यहाँ ५९ लाख ५४ हजार निको भएका छन् भने १ लाख ८० हजारको मृत्यु भएको छ ।

यस्तै रुसमा २५ लाख ९७ हजार, फ्रान्समा २३ लाख ५१ हजार, बेलायत र इटालीमा १ लाख बढी, टर्की र स्पेनमा १७ लाख बढी, अर्जेन्टिना र कोलम्बियामा १४ लाख बढी, जर्मनी र मेक्सीकोमा १२ लाख बढी, पोल्याणमा ११ लाख र इरानमा १० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस