१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट प्रक्रिया सार्वजनिक

मंसिर २९, काठमाण्डौ । सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसार नेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ ।

सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको छ । नेपालसँगै यूएई र मलेसियाले पनि सोझै एसिया छनोटमा पुगेका छन् । बाँकी दुई टिम रिजनल छनोटबाट आउने छन् । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड खेल्ने भएका छन् ।

रिजनल छनोटबाट शीर्ष दुईमा स्थान बनाउने टिमले एसिया छनोट खेल्नेछन् । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछ। छनोट प्रतियोगिता कहिले हुन्छ भनेर मिति तोक्न बाँकी छ ।

संम्बन्धित समचार

Leave a Reply