प्रदेश नं ३ का तीन विधेयक प्रमाणीकरण

Post Thumbnail

असोज २,हेटौँडा । प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले तीन वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन ।

प्रमाणीकरण भएका विधेयकमा प्रदेश नं। ३ का मुख्यमन्त्री, मन्त्री र उच्च पदाधिकारीको पारिश्रमिक र सेवासुविधासम्बन्धी विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार, सेवासुविधासम्बन्धी विधेयक २०७५ र प्रदेश सेवाकोषको स्थापना तथा सञ्चालनका लागि बनेको विधेयक २०७५ छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश नं। ३ प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरी पठाइएको उक्त विधेयक प्रदेश प्रमुख कोइरालाबाट प्रमाणीकरण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस