आज पनि संवैधानिक परिषद्को बैठक बस्दै

पुस १, काठमाडौं । आज पनि संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । यसअघि मंगलवार पनि बैठक बसेको थियो । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि सामान्य छलफल भएको र आज फेरि बैठक बसेर अन्तिम रुप दिन लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलवार बिहान बसेको बैठकमा सदस्य संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् बैठक बोलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल जारी गरेकी थिइन् । उक्त अध्यादेशले संवैधानिक परिषद्को बैठकमा अध्यक्षसहित ३ जना उपस्थित भएमा बैठक बस्न पाउने प्रावधान पारित गरेको छ । त्यसै अनुसार साँझ प्रधानमन्त्री ओलीसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा उपस्थित रहेका थिए ।

संम्बन्धित समचार

Leave a Reply