गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ पौष १, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको म छु विदेशमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा गौरव पहारी र सृष्टि खड्का फिचर्ड छन् ।

सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निशान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भिडियोमा परदेशीको जोडीको प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस