उपत्यकामा ३ सय ९१ जनामा कोरोना सङ्क्रमण

पुस १, काठमाडौ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २९४ जनामा, भक्तपुरमा थप २० जनामा र ललितपुरमा थप ७७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५३।१२५ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply