नेपालमा कोरोना निको हुने दर ९५.४ प्रतिशत पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाण्डौ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ प्रतिशतभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको दर ९५.४ प्रतिशत पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ७३६ जना संक्रमित थपिँदा ८४७ जना निको भएको प्रवक्ता गौतमले जनाकारी दिए । प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको भने २ लाख ३९ हजार ४१६ जना संक्रमित निको भएका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म १८ लाख ४९ हजार १३६ परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस