कोरोना स्थिती : एकैदिन १३ हजार बढीको मृत्यु, जम्मा मृतक १६ लाख ५४ हजार ६२ जना पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २, काठमाण्डौ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ६५६ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै इटालीमा ६६ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । यस्तै बेलायतमा ६५ हजार ५२० संक्रमितको मृत्यु भएको छ । संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख ६१ हजार ३४१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार २४५ जनाको मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस