हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले आन्दोलन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुनस् स्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ बाट पार्टी आन्दोनमा जाने निर्णय गरेको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ ।

पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गर्ने राप्रपाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस