मेगा बैंकद्धारा १३.०५ प्रतिशत लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो ।

बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १३ अर्ब ३२ करोड चुक्ता पुँजीबाट सो लाभांश वितरण गर्न लागेको हो । यो घोषणा अनुसार बैंकले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर तथा ४० करोड ६३ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ । यो लाभांश वितरणपछि सो बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।megamegaयस बैंकले गत वर्ष सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष १ प्रतिशत मात्रै बोनस सेयर दिएको बैंकले यस वर्ष भने १० प्रतिशत बोनस सेयरसहितको लाभांश दिने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस