गत २४ घण्टामा ६ जना कोरोना सङ्क्रमितको मृत्यु

पुस २, काठमाडौ । गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,७४९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०।६९ प्रतिशतले ज्यान गुमाएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply