सिडेन निर्वाचन : युवाको रोजाईमा उमेश थानी, यस्तो छ, १४ बुँदे प्रतिवद्दता पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनको सरगर्मी बढेको छ । दुवै प्यानलका उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

आगामी पुस ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उमेश थानी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । १८ जनाको कार्य समितिका लागि हुन लागेको सिडेन निर्वाचनमा सबै पदमा दुवै प्यानलको उम्मेदवारी परेको छ ।

कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सिडेनको अध्यक्षका लागि थानी शेरबहादुर देउवा पक्षबाट र थापा रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेका हुन् ।

निर्वाचनमा थानीलाई युवा टोलीको साथ छ । सिडेनमा रहेका ३ हजार ६२३ मतदातामध्ये ३ हजारभन्दा बढी मतदाता युवा रहेकाले थानी युवाको मत तान्न ब्यस्त छन् । थानी युवा टोलीको प्यानल बनाएर चुनावमा होमिएका छन् ।

सिडेनका एक सदस्य भन्छन्, अहिलेसम्म उहाँ विवादमा नआउनुले पनि उहाँमाथि धेरैले विश्वास गरेका छन् ‘सिडेनमा युवाको बाहुल्यता रहनु र उमेश थानी युवा उम्मेदवार हुनुले उहाँले जित्ने आधार बलियो देखिएको छ ।

थापाको पकट पनि सिडेनमा बलियो छ । तर, उनी निकट कोषाध्यक्ष पदका उम्मेदवार कौशल केसीसहित अन्य तीन सदस्य अन्तिम समयमा थानीको प्यानलमा गएकाले थापा केही धक्का लागेको आँकलन गरिएको छ ।

थानीको प्यानलबाट सूर्य बहादुर पाण्डे उपाध्यक्ष, प्रेम चन्द्र राय महासचिव, विरेन्द्र खड्का उपमहासचिव र कौशल कार्की कोषाध्यक्ष पदमा उठेका छन् ।

यस्तो छ, १४ बुँदे प्रतिवद्दता पत्र

थानीले सिडेन निर्वाचनको इतिहासमै नयाँ प्रयोग गर्दै १४ बुँदे प्रतिवद्दतापत्रसमेत सार्वजनिक गरेका छन् ।

पुस ४ गते हुने निर्वाचनमा थानीले विगतका कार्य समितिले गरेका प्रयासलाई थप प्रभावकारी बनाउने, कार्यालय तथा कामलाई प्रविधिमैत्री बनाउने, ईन्जिनियरहरुको हक–हितको पक्षमा आवाज उठाउने, ईन्जिनियरिङ समुदायप्रतिको आम विश्वासलाई मजबुत बनाउन लागि पर्ने, युवा ईन्जिनियर लक्षित कार्यक्रमहरु सुचारु गर्ने, नयाँ प्रविधिको आविष्कार तथा अध्ययन–अनुसन्धानमा सघाउने, ईन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जना गर्नुको साथै उचित सेवा–सुविधाका लागि पहल गर्ने प्रतिवद्दता जनाएका छन् ।

उनको प्रतिवद्दतापत्रमा अगाडि भनिएको छ, ‘ईन्जिनियरिङ शिक्षाको गुणस्तरियता अभिवृद्धि, आधारभूत मापदण्डहरुको सुनिश्चितता, सर्वशुलभ र व्यवहारिक ईन्जिनियरिङ शिक्षाको व्यवस्थाका लागि सरोकारवालाहरुसँग निरन्तर समन्वयन गर्नेछौँ ।’

यसअघि के भए थानी ?

थानी यसअघि नेपाल ईन्जिनियर्स एसोसिएसन (नेईए) को महासचिव तथा नेपाल ईन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार भइसकेका ब्यक्ति हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस