पेरिसडाँडा बैठकको निष्कर्ष : ‘ओली बिग्रीए,नसुध्रिए थप कदम चाल्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ३, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाडौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आफू नजिकका प्रदेश १ का जिल्ला पदाधिकारी तथा केन्द्रीय सदस्यको भेला गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले बोलेका थिए । बैठकमा प्रचण्डले पछिल्लो घटनाक्रम र पार्टीमा अबको आफूहरुको रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए । भेलामा प्रदेश १ का १४ वटै जिल्लाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष तथा सचिवहरु र केन्द्रीय समितिमा रहेका नेताहरु उपस्थित रहेका थिए ।

भेलामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शैली सुधार्ने कुनैपनि लक्षण नदेखिएकाले आगामी कदमका लागि आफूहरु तयार रहनुपर्ने अवस्था रहेको बताएका भेलामा सहभागी नेपालनिकट एक नेताले जानकारी दिए ।
भेलाले प्रधानमन्त्री ओलीको कार्यशैली यथावत रहेको अवस्थामा हेरेर मात्रै बस्न नहुने निश्कर्षसहित नयाँ कदम के हुने भन्ने विषयमा पनि छलफल गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस