धादिङमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ सय ३ जना पुग्यो !

पुस ३, धादिङ । धादिङ जिल्लामा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ जना ज्वालामुखी गाउँपालिका वडा नं ५ का ४५ वर्षिय पुरुष, वडा नं ७ का ३० वर्षिय पुरुष र गजुरी गाउँपालिका वडा नं २ का २७ वर्षिया महिला छन् ।
धादिङमा कुल संक्रमित मध्य १३ सय ९९ जना पूर्ण निको भएर घर फर्कि सकेका छन् भने संक्रमितको संख्या १५ सय ३ जना पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply