नेपालमा कोरोना संक्रमित निको हुनेदर उच्च : २४ घण्टामा ११ सय ७५ कोरोना संक्रमित डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ४, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७७७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस