सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पूर्णमान शाक्य निर्वाचित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ५, काठमाण्डौ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न बारको ३३औँ कार्यसमितिको निर्वाचनमा अध्यक्ष शाक्यसहित बृहत् लोकतन्त्रवादी समूहको तर्फबाट सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्यसहित १० जना उम्मेदवार विजयी भएका हुन् । प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र चारजना सदस्य मात्रै विजयी भएका छन् ।

शाक्यले प्रगतिशील समूहका अध्यक्षका दाबेदार रविनारायण खनाललाई ४५ मतले पराजित गरेका छन् । उपाध्यक्षमा प्रगतिशील प्यानलबाट मुकुन्दप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले लोकतान्त्रिकबाट प्रत्याशी रहेका नमराज रिजाललाई ३० मतान्तरले पराजित गरेका हुन् । लोकतान्त्रिक प्यानलकै तर्फबाट सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की र महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस