कांग्रेस नेता डा. शेखर कोइराला भन्छन्-‘संसद विघटनको सिफारिस अवैधानिकमात्र होइन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संसद विघटनको सिफारिस अवैधानिक मात्रै नभई गैर जिम्मेवारीपूर्ण भएको बताएका छन् । आइतबार बिहान बसेको न्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले राष्ट्रपतिले यो प्रस्ताव स्वीकृत गर्न नहुने बताएका छन् । ‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा सव्ीकृत गर्नुहुन्न’, कोइरालाले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस