पल ईन्टरटेन्मेन्टद्धारा चलचित्र निर्देशक खरेल सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

असोज ३,काठमाडौँ । पल ईन्टरटेन्मेन्टले आयोजनामा गत विहिवार राजधानीमा सम्पन्न गीतकार प्रविन थपलियाद्धारा लिखित शान्ति सेना मिसन हाम्रो बोलको गिति एल्बमको म्युजिक भिडियो विमोचन समारोहको अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सम्मानित भएका हुन् ।

उक्त समारोहमा खरेलको साथमा संचारकर्मी अर्जुन राज भण्डारी, पर्यटन व्यवसायि रामशरण थपलिया, संगीतकर्मी प्रकाश के.सी., गीतकार प्रविण थपलिया, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, निर्देशक दिनेश अधिकारी, कलाकार दृश्य सुवेदी, रामबाबु, व्यूटिसियन सरस्वती श्रेष्ठ, समाजसेवी संजीव उप्रेती, विसु सिटौला, जनकराज अधिकारी, मौसम मधुर, नवराज मैनाली , रुद्र खड्का, सोमा खत्री, शान्ति गुरुङ,कलाकार राजन लामिछाने, कलाकार शितल श्रेष्ठ लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएका श्र्रष्ठा र सर्जकहरुलाई सम्मान गरिनुका साथै एल्बम् संग सम्बन्धित कलाकारहरु एवम् अतिथिहरुलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको छ ।

गीतकार प्रविन थपलिया द्धारा लिखित उक्त गीतमा राम चन्द्र काफ्ले र जुुनु रिजालको स्वर रहेको छ । भने संगीत नवराज मैनालीको रहेको छ । गीतमा नेपाली सेनाले आफुर आफ्नो परिवार नभनि देश र जनताको लागि देखाएको आत्मियता एवम् शान्ति सेनामा जाँदा अनुभव गरिएका दुःख सुखहरुलाई दृश्य मार्फत उतारेको छ ।

नेपाली सेनाको बहादुरीलाई दृश्यमा उतार्न सफल गीतले नेपाली दर्शक स्रोता माझ राम्रो छाप छोड्ने विश्वस लिएको चलचित्र निर्देशक माधव राज खरेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका सचिव एवम् गीतकार दिनेश कुमार थपलियाले सर्जक नमर्ने बताए । सबैले सिर्जनाको उच्च मुल्याँकन गर्नु पर्ने बताए ।

कार्यक्रममा अर्जुन राजले संचालन गरेको कार्यक्रममा पूर्व रक्षा सचीव देवेन्द्र सिटौला लगायतको उपस्थिति थियो भने कार्यक्रमको सभापतित्व पल ईन्टरटेनमेन्टका प्रवन्ध निर्देशक अमित पौडेलले गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply