भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष ६, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३३० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस