प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ : पुस ८ र १० गते सुनुवाई हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ७, काठमाडौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आज प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् । उनले साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ यही पुस ८ गते र संवैधानिक इजलासमा परेको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस