आजको शेयर बजार कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष ७, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै एक सय अङ्कले बढेको छ । कारोबार हुने सबै समूहको शेयर बढेपछि नेप्से ९५ दशमलव ४६ अङ्कले बढेर २ हजार ६१ दशमलव ४२ विन्दुमा पुगेको छ ।

मङ्गलबार जीवन बीमा समूहको शेयर ९ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको ५ सय २७ अङ्कले, उत्पादनको १ सय १३ अङ्कले, माइक्रो फाइनान्सको १ सय ७ अङ्कले, जलविद्युतको ८० अङ्कले, व्यापारको ७७ र बैंकिङ समूहको ७० अङ्कले बढेको छ । मङ्गलबार दुई सय पाँच कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब ७४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ८६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस