स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष ८, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ८, काठमाण्डौ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि सानादार जित निकालेको छ । जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३,० को सानदार जित निकालेको हो ।

बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो । लियोनल मेस्सीको पासमा क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो । जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ । त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस