पुस ८, महादेवबेशी । ओखलढुंगा निवासी हाल धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशी आग्रा खोलामा बस्दै आएका १८ बर्षका युवकलाई आर्थिक सहयोगको लागी अपिल गरिएको छ । बिष्णु आले मगरको छातिमा मासु पलाएर आइसियुमा भर्ना गरिएको र रिपोर्टमा ब्लड क्यान्सर देखिएकोले ३ महिना देखि टिचिङ हस्पिटल बेड न ६१४ बि मा भर्ना गरेर उपचार भइरहेको र डाक्टरले उपचार खर्च १५ लाख लाग्ने भनिएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोगका लागी अपिल गरिएको छ ।
बिगत ३० बर्ष देखि सम्पूर्ण परिवार आग्रा खोलामा मजदुरी काम गरेर जिबिको गर्दै आएको साथै उपचार गर्न आर्थिक अभाव भएकाले सम्पुर्णमा सहयोग गरि दिनुहुन परिवारजनले अनुरोध गरेको छ ।