नेकपा संसदीय दलको नेता प्रचण्डलाई बनाइदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ८, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुह को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्पति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै अधिकांश दल विरोधमा छन् । त्यसबारे सर्वोच्मा समेत रिट दायर भएका छन् । रिटबारे आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस