शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष ९, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा गर्न १५ अर्ब ५० करोड रुपैयाँ जुटेको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रुपैयाँ यस खातामा जम्मा गर्ने गरी रकम सुनिश्चित भएको हो ।

यसैगरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेडबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ खातामा जम्मा हुने गरी निश्चित गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस