इजरायलमा फेरि लकडाउनको घोषणा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । कोरोना भाइरसको महामारी थप फैलिन नदिन इजरायलमा पुनः लकडाउनको घोषणा गरिएको छ । इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन हुन लागेको हो । पर्सि आइतबारदेखि लागू हुने लकडाउन देशव्यापी हुने इजरायलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो चरणको पूर्ण लकडाउन तत्काल दुई हप्ताका लागि हुनेछ । तर आवश्यकताअनुसार लम्ब्याउन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान पाइनेछैन । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि पाइनेछैन । लकडाउनका बेलामा तल्लो तहमा पूर्व प्राथमिक, कक्षा एकदेखि ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालन गर्न दिइने भएको छ । इजरायलमा दैनिक चार हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस