बागमती प्रदेश सरकार विरुद्ध अविस्वास प्रस्ताब दर्ता : जम्कट्टेलसहित तीन मन्त्रीद्धारा राजिनामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, हेटौंडा । बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता भएको छ । बागमती प्रदेशको प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको हो ।

प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको दर्ता गरिएको हो । पुस्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताए । ४६ जना सांसदले हस्ताक्षर गरेका छन् ।
अविस्वासको प्रस्ताब दर्ता गर्नका लागि प्रदेशका मन्त्री जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहित सबै सांसद नेपाल र प्रचण्डपक्षका रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस