मन्त्रीपरिषद बैठक आज बेलुका बस्दै, समसायिक बिषयमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १०, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका छन् । संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् । बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस