सत्ता (कबिता)

नेता बन्न जनता चाहिने !
जनप्रतिनिधि बन्ने पछी सत्ता चाहिने !
त्यहि भएर त् किसान, जनतालाई भन्दा
उद्योगीलाई महत्व दिई कमिसन खाई सत्तामा पुग्छौ !
जनताको काम गर्छु भन्नेलाई
किन चाहियो सत्ता !
जनप्रतिनिधि त् छदै थियौ नि !
त्यहि सत्ता कै लागि त
जनताको जनप्रतिनिधिको हत्या गर्न लागि रहन्छौ पटकपटक
आज पनि त्यहि त् दोरियो नि
किन गर्छौं सडकमा रोईलो !
प्रतिपक्ष दलको नेता पनि त
संसद विघटन गर्दा असक्षमको बिल्ला भिरेको होईन !
संवैधानिक अध्यादेश ल्याउन सहमति गरि
आफ्ना १३/१३ जना मान्छे घुसाएकोबाट
अहिले प्रत्यक्ष हात देखिएन र !
नेकपा कै अर्का अध्यक्ष सत्ता कै लागि
१७/१७ हजार निर्दोष जनतालाई शहिद बनाई आको होईन र !
सत्ताको लोभले नै संसद विघटन भएको होइन र !
अब छोड तिम्रा जनतालाई प्रयोग गर्ने
सडकके आन्दोलका राजनीति !
एक मात्रै अन्तिम विकल्प हो !
नेपाल र नेपालीको वी पी वाद नै !
त्यहि वी पी वाद सित
सत्ताका मोहमा रहेका राजा महेन्द्र पनि
डराई १५ सालको जनप्रतिनिधिलाई
१७ सालामै कु गरेका होइन र !
जेल बस्ता पनि राष्ट्रका प्रतिक
राज संस्था विपीले स्वीकारेको होईन र !
आफु नास्तिक हुदाँ हुदैँ पनि
पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र स्वीकार्दै
धार्मिक स्वतन्त्रता खुल्ला गरेको होईन र !
त्यहि भएर सत्ता मोहोको अन्त्य गर्ने
विपी वाद नै हो !
नाम सुशिलराज वाग्ले
सम्पर्क : 9851197996
लेखक नेपाली काँग्रेस (वी पी) का केन्द्रिय कार्यलय सचिव हुनुहुन्छ 

संम्बन्धित समचार

Leave a Reply