बागमती प्रदेशमा नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्ष कांग्रेसको समर्थन अनिवार्य !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ११, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ११, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल निकट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सांसदले बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्ताव दर्तासँगै नयाँ सरकार निर्माणका लागि जोड घटाउ सुरु हुन थालेको छ । यसअघि पनि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहको पटक पटकको प्रयास असफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्यानलका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा नेकपाको ८० जना सांसद रहेका छन् । बागमती प्रदेशमा ओलीतर्फका ३३ जना मात्र सांसद रहेका छन् । यसले बागमती प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ तर नयाँ सरकार गठनका लागि दुवै समूहसँग पर्याप्त संख्या रहेको छैन ।

बागमती प्रदेशसभामा जम्मा १ सय १० जना सांसद रहेका छन् । नेकपाभित्रको किचलोले अब नयाँ सरकार निर्माणका लागि २२ सांसद रहेको नेपाली कांग्रेसको समर्थन अनिवार्य बन्ने देखिन्छ । नेकपाका सांसद दुई खेमामा विभाजित भएपछि कांग्रेस निर्णयक शक्ति बन्न पुगेको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस