ओलीको साथ छोड्ने क्रम बढ्दै ! सांसद लामाले भने:’प्रचण्ड–माधव समूह नै मुल पार्टी’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ११, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस ११,काठमाडौँ । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले भनेका छन् ।

लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस