लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेल्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष १२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १२,काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे ।

लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो । यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस