कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १२, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाण्डौ । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ । सङ्क्रमित विरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ । यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ ।

यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन् । प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस