असोज ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविन घिमिरेको संसदीय सुनुवाई बिहीबार हुँदैछ ।
गएको मंगलबार बसेको समितिको बैठकले गरेको निर्णय अनुसार घिमिरेलाई सुनुवाईका लागि बिहीबार दिउँसो १ बजेका लागि बोलाएको हो ।
घिमिरेबारे उजुरी दिन दश दिने सार्वजनिक सूचना आह्वान भए पनि एउटा पनि उजुरी परेको थिएन ।
अख्तियारकार तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्चले पदमा रहन अयोग्य भएको निर्णय गरेपछि घिमिरे कार्यवाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए ।
भदौ २० गते बसेको संवैधानिक परिषदको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।