विदेश भ्रमणमा शीर्ष नेताहरुको लर्को, पार्टीका आन्तरिक काम प्रभावित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ४, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । विभिन्न राजनीतिक दलहरूका शीर्ष नेताहरू यति बेला विदेश भ्रमणमा छन् । शीर्ष र प्रभावशाली नेताहरूले विदेश भ्रमणलाई प्राथमिकता दिएपछि पार्टीका आन्तरिक काम प्रभावित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको तल्लो तह तथा जनवर्गीय मोर्चाको एकता नेताहरूको पटकपटकको विदेश भ्रमणले प्रभावित भएको बताइएको छ । यसैगरी, नेपाली कांग्रेसको कार्यसम्पादन, अनुशासन समितिलगायत टुंगो लगाउने तयारीमा रहेको कांग्रेसका शीर्ष नेताको अनुपस्थितिले निर्णयमा पुग्न सकेको छैन ।

सत्तापक्ष र प्रतिपक्षीका गरी ९ वटा राजनीतिक टोली यतिबेला विदेश भ्रमणमा छन् । उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई, पूर्वसभामुख तथा नेकपा केन्द्रीय सदस्य ओनसरी घर्तीमगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, जर्नादन शर्मा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता मीनेन्द्र रिजाल विदेश भ्रमणमा छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विदेश जाने तयारीमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस