टेलिकमको ‘पाठशाला सिउजी सेवा’ विद्यालयका कर्मचारीलाई पनि

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष १३, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १३, काठमाण्डौ । टेलिकमले ‘पाठशाला सिउजी सेवा’ विद्यालयका कर्मचारीलाई, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि दिने भएको छ। यो सेवा टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको थियो।कोरोना महामारीको बेलामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले यो सेवा दिइरहेको छ।यो अफरमा सहभागी हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ। पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला  सिउजी सेवामा आवद्ध गर्न सकिन्छ।

नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिइ सिउजी सेवा लिन सकिने कम्पनीले बताएको छ।यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह सिउजीमा आबद्ध हुन सेवाग्राहीलाई मासिक ९९ रुपैयाँ (सरकारी कर र स्वामित्व करबाहेक) लाग्छ।यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ।यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा दिइएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराइने कम्पनीको भनाइ छ।त्यसैगरी, समूहभित्र थप शूल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ। साथै, कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र  समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस