चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँड यसै साता गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष १३, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १३, काठमाण्डौ । चन्द्रागिरि हिल्सले पहिलो चरणमा स्थानीयको लागि सार्वजनिक गरेको आईपीओको बाँडफाँड यसै साता गर्ने गरी तयारी थालेको छ । जसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाले माग गरेको भन्दा करिब साढे ५ गुणा बढी हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार ४ हजार ८१४ आवेदकले १६ लाख ८५ हजार ५३० कित्ता सेयरको लागि आवेदन गरेका थिए ।  कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको थियो ।

पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं। ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउने व्यवस्था थियो । त्यस्तै कम्पनीले दोस्रो आईपीओ समेत यसै साताको अन्त्यसम्ममा निष्कासनको तयारी गरेको बिक्रि प्रबन्धकले जनाएको छ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ । दोस्रो चरणको आईपीओका लागि मिति तय भएको छैन । छिट्टै आईपीओ निष्कासनको तयारी गरिरहेको छ । कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस