स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष १५, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाडौ । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता लिएकोमा बार्सिलोनाका लागि उसमान डेम्बेलेले १० मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा ८औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए । यस खेलमा लियोनेल मेसी बिना खेलेको बार्सिलोना बराबरीमा रोकिएको छ । यस खेलपछि बार्सिलोना १५ खेलपछि २५ अंक हासिल गरेको छ भने लिगमा छैठौ स्थानमा रहेको छ । त्यस्तै इबरको १६ खेलमा १६ अंकसहित १५औ स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस