आज एक सय रुपैंयाले बढ्यो सुनको मुल्य, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष १५, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाडौ । बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैंयाले बढेको छ । आज सुनको मुल्य १ सय रुपैंयाले बढेर ९४ हजार २०० रुपैंयामा कारोबारमा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

मंगलबार सुनको मुल्य ९४ हजार १०० रुपैंयामा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहको छ । चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर आज १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस