प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १५, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रमको निर्णय गर्ने भएको हो ।

उक्त पक्षले आजै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले मंगलबार काठमाडौंमा आमसभा गरेको थियो । सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रदर्शन आन्दोलनको सुरुवातमात्रै भएको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस