२४ वर्षीया अन्सिका शर्माले जितिन् मिस युनिभर्स नेपालको उपाधि,पाईन् २० लाख

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ पौष १६, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । यस वर्षको मिस युनिभर्स नेपालको उपाधि २४ वर्षीया अन्सिका शर्माले जितेकी छन् । प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन् । दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्।

टप फाइभमा न्यान्सी खड्का पनि परेकी थिइन् । राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन् । अन्सिकाले मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । आयोजकहरुका अनुसार अन्सिकाले पुरस्कारमा नगद २० लाख पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस