आज सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष १६, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाण्डौ । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो । शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसमा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो । यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस