ढोरपाटन पुरुष भलिबल : ढोरपाटन, एपीएफ र गिताञ्जली सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । काठमाडाैंमा जारी पाँचौं ढोरपाटन एम १५० राष्ट्रिय पुरुष भलिबल प्रतियोगितमा सेमिफाइनल पुग्ने तीन टिमको टुंगो लागेको छ ।

बिहीबारको खेलमा जित हात पार्दै ढोरपाटन क्लब, सशस्त्रको एपीएफ र गिताञ्जली कलेज सेमिफाइनलमा पुगेका हुन् । शुक्रबार बाग्लुङको गडिमालिका र गण्डकी प्रदेशको विजेता सेमिफाइनलमा पुगे पछि समीकरण पूरा हुने छ । बिहीबार भएको खेलमा ढोरपाटनले थ्री स्टार एकेडेमीलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २५–२२ ले जितेको ढोरपाटनले दोस्रो सेट ३२–३०ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट गुमाएको ढोरपाटनले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

थ्री स्टारले तेस्रो र चौथो सेट २५–१८ र २५–१५ ले जिते पछि अन्तिम सेटको नतिजा कुर्नु परेको थियो । तर अन्तिम सेट ढोरपाटनले थ्री स्टारलाई १५–१३ ले स्तब्ध बनाएका थियो ।

विहीबारनै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफले पाल्पालाई ३–० को सेटमा पराजित गरेको थियो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेट २५–१५ र २५–१६ ले जितेको थियो ।

यसैगरी बिहीबारको अन्तिम खेलमा गिताञ्जली कलेजले बुढानीलकण्ठलाई ३–० कै सेटमा पराजित गरेको थियो । प्रतिपर्धात्मक पहिलो सेट २८–२६ ले जितेको गिताञ्जलीले दोस्रो र तेस्रो सेट २५–१४ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस