आज ४०० बढ्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष १७, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १७, काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार पहेंलो धातु सुनको भाउ रू। ४०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ९४ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू। ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९४ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ६०० मा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू। एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस