नेकपा ओलीपक्षको भेला काठमाडौंमा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १८, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको भेला काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीपक्षीय काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेला नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्खरै सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु उपस्थित भइसकेका छन् । प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको भेलामा अहिलेसम्म उनको उपस्थिति भने भइसकेको छैन । भेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण तथा वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्तालाई जानकारी गराउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस