प्रचण्ड-नेपाल पक्षद्धारा दोस्रो चरणको आन्दोलन घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १८, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १८, काठमाण्डौ । नेकपाको असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको कार्यक्रमको घोषणा गरेका छन् । सो पक्षका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त समूहले पर्सि पुस २० गतेदेखि माघ २३ गतेसम्म लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक दिने कार्यक्रम पनि रहेको समितिले जनाएको छ। उक्त समितिका अनुसार नेकपाको असन्तुष्ट पक्षको प्रदर्शन सबै स्थानीय तहमा गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस