सालकको खपेटासहित धुनीवेशीका दुई र नुवाकोटबाट एकजना पक्राउ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १९, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा अन्य दुई जना पक्राउ परेका छन । धादिङ धुनिवेशी नपा वडा नं. ५ का वर्षीय मनोज राईलाई प्रहरी सुरूमा बुधबार पक्राउ गरेको थियो। पक्राउपछि राईलाई अनुसन्धान गर्दा संलग्न अन्य दुई पक्राउ परेको प्रहरीले जनाएको छ ।

धादिङबाट काठमाडौं आँउदै गरेको बा ३ ख ६१३८ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा राईको झोला चेकजाँच गर्ने क्रममा सालकको खपेटा फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रारम्भिक सोधपुछको क्रममा राईले उक्त सालकको खपेटा सूर्य तामाङलाई बेच्ने प्रयोजनको लागि दिन ल्याएको खुलेपछि प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका २ का २३ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ । उनलाई सीतापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । तामाङले पनि कपिल तामाङको माग बमोजिम धादिङबाट झिकाएको खुलेपछि धादिङ धुनिवेशी १ का २० वर्षी कपिल तामाङ पक्राउ परेका छन् ।

फोटो फाईल

ताजा अपडेट

खोजी गर्नुहोस