प्रचण्ड-नेपाल गुटको दोस्रो आन्दोलन घोषणा : पालिकादेखि वडासम्म बिरोध (तालिकासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १९, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाण्डौ । नेकपाको असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको कार्यक्रमको घोषणा गरेका छन् ।

सो पक्षका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज एक पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उक्त समूहले पर्सि पुस २० गतेदेखि माघ २३ गतेसम्म लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस